होमपेज / समाज
सुर्खेत । आइ एन एफ नेपाल सुर्खेत, पहुँच तथा समावेशीकरण परियोजनाको सहजीकरणमा तीन दिवसीय कार्यशाला गोष्ठी वीरेन्द्रनगरमा सम्पन्न भएकाे छ । कार्यक्रममा पञ्चपुरी, वीरेन्द्रनगर, गुर्भाकोट नगरपालिकाका नगर उप-प्रमुख, सिम्ता गाउँपालिका उपाध्यक्ष तथा सम्बन्धित पालिकाका विषयगत शाखा प्रमुखहरू, सामाजिक विकास समिति संयोजक र पालिकामा अवस्थित पालिका स्तरीय सञ्जालहरूका अध्यक्ष, सचिव ,सहसचिव सल्लाहकार सहितको प्रतिनिधिमूलक सहभागिता रहेकाे थियाे ।
श्रावण ५ गतेदेखि ७ गतेसम्म सञ्चालन भएकाे उक्त रणनीति तथा कार्ययोजना निर्माण कार्यशाला गोष्ठीको सहजीकरण प्रशिक्षक गणेशचन्द्र दवाडी, आइ एन एफ नेपाल केन्द्रीय कार्यालयका विषय विज्ञ दीपक न्यौपाने, पंहुच तथा समावेशीकरण परियोजनाका परियोजना अधिकृत लोकप्रसाद गौतमले गर्नुभएको थियाे।
कार्यशाला गोष्ठीमा, उद्घाटन सत्र, निर्मित ऐन, नियम, नीति तथा कार्यविधिको विश्लेषण, कार्यान्वयनको अवस्थाको विश्लेषण गर्दै अपाङ्गता व्यवस्थापन सम्बन्धी पञ्चवर्षीय पालिकास्तरीय मस्यौदा रणनीति तथा कार्य योजना निर्माण र समापन सत्र सहित कार्यशाला गोष्ठी सम्पन्न भएको थियो।
.jpg)
गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता परियोजना तथा अस्पताल कार्यक्रम संयोजक ललित बहादुर सारुले गर्नुभएकाे थियाे । यसैगरी कार्यक्रमकाे प्रमुख अतिथि पञ्चपुरी नगरपालिकाको नगर उप-प्रमुख मुक्तिदेवी रेग्मी, विशिष्ट अतिथि सिम्ता गाउँपालिकाको उपाध्यक्ष गोमा शर्मा रेग्मी, अतिथिहरू प्रशिक्षक गणेशचन्द्र दवाडी, विषय विज्ञ दीपक न्यौपाने रहनुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन पहुँच तथा समावेशीकरण परियोजनाको परियोजना अधिकृत लोकप्रसाद गौतमले गर्नुभएको थियो।
कार्यक्रममा अपाङ्गता सम्बन्धी निर्माण भएका नीति, ऐन ,नियमावली, कार्यविधि, अन्तर्राष्ट्रिय सन्धि/ महासन्धि, स्थानीय सरकार सञ्चालन ऐन बारेको चर्चा गर्दै सम्बन्धित ४ वटा पालिकामा संघीय, प्रदेश, स्थानीय सरकार तथा गैर सरकारी संस्थाहरूको सहकार्यमा नीति कार्यान्वयनको अवस्थाको विश्लेषण गरिएको थियो ।
नीति कार्यान्वयन गर्ने सन्दर्भमा कार्यान्वयन गर्न नसकेका विषयहरू, कार्यान्वयनका लागि थप जोड दिनुपर्ने विषयहरू र स्थानीय आवश्यकतामा नीतिगत सम्बोधन गर्नपर्ने विषयको बारेमा चर्चा गर्दै अपाङ्गता व्यवस्थापन सम्बन्धी पञ्चवर्षीय रणनीति तथा कार्ययोजनाको मस्यौदापत्र तयार गरिएको थियो।
यसरी निर्माण गरिएको मस्यौदा रणनीति तथा कार्ययोजना सम्बन्धित पालिकाको कार्यपालिका विषयका शाखा, अपाङ्गताको क्षेत्रमा काम गर्ने स्थानीय संस्थाहरू र विषय विज्ञहरूको सहभागितामा कार्ययोजनालाई अन्तिम रुप दिने गरी कार्यशाला गोष्ठी सम्पन्न भएको थियो।
.jpg)
कार्यशाला गोष्ठीको समापन सत्रको अध्यक्षता आइ एन अफ नेपाल सुर्खेत , साइनिङ अस्पतालका परियोजना तथा अस्पताल कार्यक्रम संयोजक ललित बहादुर सारुको अध्यक्षता तथा पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्त्ति देवी रेग्मीको प्रमुख आथित्यता सम्पन्न भएकाे थियाे । कार्यक्रममा गुर्भाकोट नगरपालिकाका नगर उप-प्रमुख मैना विक, सिम्ता गाउँपालिकाको उपाध्यक्ष गोमा शर्मा रेग्मीको विशिष्ट अतिथिता, सामाजिक विकास समिति संयोजक टीका घले (वीरेन्द्रनगर), याम बहादुर बिसी (पञ्चपुरी), वासुदेव शर्मा (गुर्भाकोट), रामबहादुर नेपाली (सिम्ता), सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, शिक्षा तथा सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण कुमार खड्का, प्रशिक्षक गणेशचन्द्र दवाडी विषय विज्ञ दीपक न्यौपाने, बिषयगत शाखा प्रमुखहरु, पालिका स्तरीय संजालका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भएको थियो। उक्त समापन सत्रको सञ्चालन परियोजना अधिकृत लोकप्रसाद गौतमले गर्नुभएको थियो।
समापन सत्रमा अपाङ्ग एकता समाज गुर्भाकोटका अध्यक्ष उत्तम बि क , महिला बालबालिका शाखा , पञ्चपुरीका शाखा प्रमुख पवित्रा गौतम, सामाजिक विकास महाशाखा प्रमुख कुमार खड्का सामाजिक विकास समिति संयोजक टीका घले दीपक न्यौपाने प्रशिक्षक गणेशचन्द्र दवाडीले नीति कार्यान्वयन गर्न शुभकामना सहित आफ्नो तहबाट साथ सहयोग रहने वचनबद्धता व्यक्त गर्नुभयाेक। कार्यक्रममा महाशाखा प्रमुखले मन्त्रालय सामाजिक सेवाको कदर गर्दै आइ एन एफको साथमा रहेको र आगामी दिनमा समेत यथाशक्य सहयोग र सहकार्य गर्ने विचार व्यक्त गर्नुभयो।

सामाजिक विकास समिति संयोजक टिका घलेले बिरेन्द्रनगर प्रदेशको राजधानी समेत भएको, यहाँका आवश्यकतामा सम्बोधन गर्न गतवर्ष हिउदे अधिवेशनबाट समेत निर्णय गरी आइ एन एफसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतामा टेवा पुर्याउन सहकार्य गरेको चर्चा गर्नुभयो भने निर्मित मस्यौदा रणनीति पालिकामा पेश गरी अगाडि बढ्ने वचनबद्धता व्यक्त गर्नुभयाे।
सिम्ता गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मीले पालिकाले गर्नुपर्ने काम आइ एन एफले गरिदिएर पालिकाको कार्यमा सहयोग पुर्याएकोमा हार्दिक आभार व्यक्त गर्नुभयो।
गुर्भाकोट नगरपालिका नगर उप-प्रमुख महिना बि कले हाम्रो लागि अपाङ्गता विषय जस्ता विषय संवेदनशील छन्। समावेशी सहभागितामा जोड दिँदै पालिकाले कार्य गर्दै आएको विचार व्यक्त गर्दै आर्थिक वर्ष २०८२ /० ८३ मा को नीति तथा कार्यक्रममा समेत अपाङ्गताको सवाललाई सम्बोधन गर्न गैर सरकारी संस्था संग सहकार्य गर्न रकमको विनियोजन समेत गरेको विचार व्यक्त गर्दै कार्यशाला गोष्ठीको आयोजना गर्नुभएकोमा आयोजकलाई धन्यवाद दिनुभय। प्रमुख अतिथि मुक्ति देबी रेग्मीले पञ्चपुरी नगरपालिकाले अपाङ्गताको क्षेत्रमा कार्य गर्ने सहयात्री आइ एन एफ तथा अपाङ्गता उत्थान केन्द्र पञ्चपुरी पाएकोमा आभार व्यक्त गर्दै परियोजनाको पहिलो फेजले हामीमा विचारको बिउ अङ्कुरित गरेको, नीति कार्यान्वयनमा बामे सर्दै गरेको सन्दर्भ कोट्याउदै परियोजनाले दोस्रो फेजको रुपमा काम गर्न अनुरोध गर्दै यो कार्यशाला गोष्ठी उपलब्धिमूलक भएको भनाइ व्यक्त गर्नु भयो।

कार्यक्रमको अन्तमा समापन सत्रका अध्यक्ष ललित बहादुर सारुले पालिकाले अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको हितको लागि आइएनएफबाट सञ्चालित परियोजना र यसका क्रियाकलापमा पालिकाले अभिभावकीय भूमिका , सहकार्यको भूमिका प्रदान गर्दै आएकोमा कार्यपालिका परिवार, विषयगत शाखा, सामाजिक विकास समिति , अपाङ्गता सञ्जाल तथा साझेदार निकायप्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।
