ट्रेण्डिङ

होमपेज / समाज

चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण- प्रधानमन्त्री ओली

नेपालगाथा २०८२ श्रावण ३ गते शनिबार १३:५१:४६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन् । आज सामाजिक सञ्जालमा उनले भने समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको छ। उनका अनुसार चालु आवमा ९३२ किलोमिटर सडक मात्र कालोपत्र भएको समेत उल्लेख गरेका छन् ।

“आजभन्दा छ वर्ष अगाडि हाम्रै सरकार हुुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबीचमा फेरि त्यो गति घटेको रहेछ । अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्याङ्क प्राप्त भएको छ । यो गति अझ बढाउनुपर्ने छ”, प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले आजै इन्जिनियर्स डेको शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म हाम्रो भरपर्दो जनशक्ति इन्जिनियरहरुभएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top