ट्रेण्डिङ

होमपेज / समाज

केरूङमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै

नेपालगाथा २०८२ श्रावण १ गते बिहीबार १०:२६:०२ मा प्रकाशित

रसुवा । गत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले गर्दा मितेरी पुल बगाएपछि केरूङमा अलपत्र परेका नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ ।

केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् । कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top