ट्रेण्डिङ

होमपेज / समाज

कीर्तिपुर क्रिकेट रङ्गशाला समयमा निर्माण नहुँदा कम्पनीले हर्जाना तिर्दै

नेपालगाथा २०८२ श्रावण १ गते बिहीबार ०९:५७:५९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भने कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ र तोकिएको समयमा काम सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ। तीन सिफ्टमा काम गर्दा पनि वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ’, भनी सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रधानमन्त्री ओलीले अबका दिनमा सरकारी निर्माण आयोजनामा ढिलाइ र लापरबाही नस्विकारिने स्पष्ट पारेका छन् । ‘अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ, सरकारी निर्माणसम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौँ’, प्रधानमन्त्री ओलीले भने ।

कीर्तिपुर रङ्गशालाको निर्माणलाई समयमै सम्पन्न गर्ने लक्ष्यसहित सरकारले निर्माण कम्पनीलाई प्रोत्साहन र निगरानी दुवै तीव्र बनाएको छ । काम गर्नेलाई अवसर, ढिलाइ गर्नेलाई दण्डको नीति अब सशक्त रूपमा कार्यान्वयन गरिने प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top