होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोबास, गरिबी र सामाजिक असमानता अन्त्य गर्नका लागि भूमिको स्वामित्व हुनु आवश्यक भएको बताएका छन् ।
मंगलबार चौकुने गाउँपालिका वडा नं. ७ र ८ का १०४ जना भूमिहीन नागरिकलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले जो व्यक्तिसँग जग्गा छैन, उसले स्थायित्व, सुरक्षा र आत्मसम्मान महसुस गर्न सक्दैन, त्यसैले सरकार सबै नागरिकलाई जग्गाधनी बनाउने अभियानमा लागेका उल्लेख गरे ।
.jpg)
भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका परिवारलाई सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने गरी सरकारले नीति र कार्यक्रम अघि सारेको मख्यमन्त्री कँडेलकाे भनाई थियो । उनले भने, “हामी सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न चाहन्छौँ, त्यसका लागि भूमिको स्वामित्व अनिवार्य छ ।” मुख्यमन्त्री कँडेलले आगामी दिनमा बाँकी रहेका भूमिहीन र सुकुम्बासी परिवारलाई समेत न्याय सुनिश्चित गर्दै प्रमाणपुर्जा वितरणको कार्यलाई तीव्रता दिने बताए ।
कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य विन्दमान बिष्ट, जिल्ला समन्वय प्रमुख गंगाराम सुनार, भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतका संयोजक तथा सदस्यहरू, चौकुने गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
.jpg)