ट्रेण्डिङ

होमपेज / समाज

व्यास जयन्ती तथा गुरु पूर्णिमा मनाइयो

नेपालगाथा २०८२ असार २६ गते बिहीबार २१:३०:२२ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेस सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार विभागका विद्यार्थीहरुको आयोजनामा व्यास जयन्ती तथा गुरु पूर्णिमा मनाइएको छ ।

 कार्यक्रमका प्रमुख अतिथि सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार विभागका विभागीय प्रमुख खगेन्द्र अधिकारीले विद्यार्थीले सधै सही मार्ग पहिल्याउँदै सफलता प्राप्त गर्नु नै गुरुपूर्णिमाको अवसरमा गुरुहरुको आशाीर्वाद हुने बताउनुभयो । 

कार्यक्रममा समाजशास्त्र तथा मानवशास्त्र विभागका विभागीय प्रमुख वेदप्रकाश ढकाल गुरु पूर्णिमाको सामाजिक र सांस्कृतिक महत्व भएकाले यसलाई सामाजिक कार्यका विद्यार्थीले धुमधामका तरिकाले मनाउनु खुशीको कुरा भएको बताउनुभयो । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै विद्यार्थी हेमसागर तिमिल्सेनाले बेदब्यास र गुरुपूर्णिमाको बारेमा चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा अंग्रेजी विभागका विभागीय प्रमुख डा. रेशम बिष्ट उपप्राध्यापकहरु राधिका पनेरु, त्रिभुवन बिसी, बालकृष्ण पौडेल र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले गुरुहरुलाई टिका लगाइदिनुका साथै मिठाइ दिएर सम्मान गरेका थिए । 

स्नातकोत्तर तहमा सामाजिक कार्य अध्ययनरत विद्यार्थी सुस्मिता बानियाँको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिवराज शर्माले गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top