ट्रेण्डिङ

होमपेज / समाज

गुरु पूर्णिमाकाे शुभकामना दिदै प्रधानमन्त्री ओली

नेपालगाथा २०८२ असार २६ गते बिहीबार ०९:४३:३२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मबोध र विवेकको उज्यालोतर्फ उन्मुख हुन आह्वान गरेका छन् । गुरु पूर्णिमाको अवसरमा बिहीबार सन्देश दिँदै प्रधानमन्त्री ओलीले पूर्वीय सभ्यताले गुरुलाई अन्धकारबाट प्रकाशमा लैजाने मार्गदर्शक पात्रका रूपमा चिनाउने परम्परा भएको उल्लेख गरेका छन् । उनले वर्तमान समयमा आत्मप्रकाश नै गुरु भइदिने स्पष्ट पारेका छन् ।

‘आज गुरु पूर्णिमा, यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ, हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले भने यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ ।

गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् । उनले हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको बताए । त्यस्तो दीप भनेको विवेक रहेके उनको बुझाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top