ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालय योजना विकास तथा अनुगमन परिषद्को प्रथम पूर्ण बैठक सम्पन्न

नेपालगाथा २०८२ असार २४ गते मंगलबार १५:५६:१२ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन परिषद्को प्रथम पूर्ण बैठक विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमको अध्यक्षतामा साेमबार सम्पन्न भयाे । कार्यक्रममा विषय प्रवेश तथा कार्यक्रम सञ्चालन परिषद्का सदस्य सचिव एवं योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक उप-प्रा. डा. विष्णु कुमार खड्काले गर्नुभएको थियो।

बैठकको मुख्य उद्देश्य विश्वविद्यालयको वार्षिक योजना तथा बजेट निर्माणसम्बन्धी छलफल गर्नु रहेको थियो । साेही कार्यक्रममा रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेल तथा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक उप-प्रा. डा. यदु प्रसाद ज्ञवालीले प्रस्तावित बजेट पेश गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित पदाधिकारी तथा कर्मचारीहरूले प्रस्तावित बजेट तथा कार्यक्रम माथि गहन छलफल गर्दै आफ्ना महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको थियो। बैठकको अन्त्यमा उपकुलपति प्रा. डा. गौतमले छलफलका क्रममा आएका सुझावहरूलाई सम्बोधन गर्दै आवश्यक निर्देशन तथा मार्गनिर्देश प्रदान गर्नुभएको छ।

छलफलमा विभिन्न ग्र्याजुएट स्कुलका डिनज्यूहरू, परीक्षा व्यवस्थापन कार्यालय प्रमुखज्यू, कार्यकारी निर्देशकज्यूहरू, सचिवालयका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top