ट्रेण्डिङ

होमपेज / समाज

एकदुई स्थानमा भारी वर्षाको सम्भावना

नेपालगाथा २०८२ असार २४ गते मंगलबार १०:१०:०५ मा प्रकाशित

काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव पनि रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top