होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा विभिन्न ग्र्याजुएट स्कुल, निर्देशनालय तथा परिक्षा व्यवस्थापन कार्यालयका नव नियुक्त पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । मप विश्वविद्यालयका डिन र निर्देशकहरुकाे नियुक्तिसँगै रिक्त रहेका पदाधिकारीहरु पूरा भएकाे हाे ।
ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डिन प्रा. चन्द्रेश्वर प्रसाद श्रीवास्तव, ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसका डिन सह-प्रा.डा. आनन्द प्रसाद सुवेदी, ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टका डिन सह-प्रा.डा. पूर्णमान श्रेष्ठ र ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डिन सह-प्रा.डा. दिपक राज अधिकारीले पदभार ग्रहण गरेका हुन् । यसैगरी परीक्षा व्यवस्थापन कार्यालयका प्रमुखमा सह-प्रा.डा. अर्जुन बहादुर एयडीले पदभार ग्रहण गरेका छन् ।
विश्वविद्यालयका निर्देशनालयहरु मध्येमा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक उप-प्रा.डा. विष्णु कुमार खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक उप-प्रा.डा. यदु प्रसाद ज्ञवाली, अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक उप-प्रा. डा. पुष्पराज आचार्य र पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक उप-प्रा.डा. लक्ष्मी प्रसाद आचार्यज्यूले पनि एक कार्पक्रमका बीच पदभार ग्रहण गरेका छन् ।
विभिन्न कार्यक्रमका बीच विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतम, रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेल तथा अन्य पदाधिकारी, प्राध्यापक, कर्मचारी लगायतले नवनियुक्त पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा सहभागी भएका थिए ।