ट्रेण्डिङ

होमपेज / समाज

एसईईको पूरक परीक्षाकाे तालिका सार्वजनिक

नेपालगाथा २०८२ असार १४ गते शनिबार १३:४६:१६ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। सूचनाअनुसार शुक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित  भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन्। 

परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। यो वर्ष एसइईमा ६१.८१ प्रतिशत ग्रेडेड भएको  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

२०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए। 

हेर्नुहोस् परीक्षातालिका-

प्रतिक्रिया

सम्बन्धित खवर

Top