होमपेज / समाज
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । साँझ ६ बजे नै नतिजा सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारणले नतिजा ढिला गरी सार्वजनिक भएको हो ।
बोर्डका अनुसार ६१.८१ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको हो । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो ।
बोर्डका अनुसार नियमिततर्फ ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् ।
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।