होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेड प्राप्त गरेका विद्यार्थीहरुलाई बधाई दिएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा यस वर्षको नतिजामा सुधार देखिएको बताएका हुन् ।
‘यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन् । गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेका थिए भने ५२.१४ प्रतिशत परीक्षार्थी नन ग्रेडमा परेका थिए । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ ।’ प्रधानमन्त्री ओलीले भने ।
.jpg)