ट्रेण्डिङ

होमपेज / समाज

फेरि भेटौँला कार्यक्रममा पुरानोलाई सम्मान, नयाँलाई स्वागत

नेपालगाथा २०८२ असार १२ गते बिहीबार २२:०१:१९ मा प्रकाशित

गाेविन्द रावत, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा  वडा नम्बर २ का विभिन्न चारवटा विद्यालयमा पुरानोलाई सम्मान र नयाँलाई स्वागत कार्यक्रम गरिएकाे छ। आवाज संस्थाले आयाेजना गरेकाे कार्यक्रमले वडाभित्र रहेका बालबालिकालाई बालविबाह न्यूनीकरण कसरी गर्न सकिन्छ र बहुविवाहलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा जनचेतना जगाएकाे थियाे ।

समाजमा रहेका प्रथालाई न्यूनीकरण गर्नका लागि आवाज संस्था लगायत अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाले वडाभित्र खेलेको भूमिकाका लागि वडा नम्बर २ का वडाध्यक्ष गजबहादुर बुढाले धन्यवाद  दिए । उनले यस्ता प्रकारका सचेतनामूलक कार्यक्रम आगामी दिनहरुमा पनि ल्याउन आग्रह गरे।

कार्यक्रममा आवाज संस्थाकी कार्यसमिति सदस्य कमला गुरुङले  यो समस्या केवल वीरेन्द्रनगर २ मा मात्र नभएर कर्णालीका बिकट वस्तिहरुमा एउटा जटिल रोगका रूपमा देखापरेको बताइन् । उनले यस्ताे प्रथालाई विस्तारै न्यूनीकरण गर्न हामी सबैकाे दायित्व र कर्तव्य भएकाले हामी सबै एकजुट भएर लाग्नुपर्ने बताइन् । 

आवाज संस्थाले बालविवाह रोकथाम तथा व्यवस्थापनको लागि बालिकाको नेतृत्व / परियोजनाको लागि वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ र २ मा रहेका सामुदायिक विद्यालय श्री सरस्वती मावि, श्री त्रिपुरेश्वर मावि श्री प्रभात मावि श्री आनन्द माविमा आवाज संस्थाले बालविवाह रोकथाम गर्ने उद्देश्यले विभिन्न किशोर तथा किशोरीहरूको समूह गठन गरी विभिन्न प्रकारका सचेतनामूलक क्रियाकलापहरू गर्दै आइरहेको कुरा आवाज संस्थाका प्रतिनिधि संगीता ओली नेपाल गाथाला अनलाइान पत्रिकालाई बताइन्। 

उक्त कार्यक्रममा सहभागी ( नाम परिवर्तन ) ऋतु बस्नेतले सानै उमेरमा विवाह गरे यस सम्बन्धी खासै ज्ञान भएन बिवाह नगरेर उद्देश्य लिएर पढाइमा लगनशील भएको भए अहिले म यस्तो समस्याको चपेटामा पर्ने थिएन आगामी आउने भाइबहिनीहरुलाई पनि यस्ता समस्याहरुबाट बच्न र बचाउनको लागि आफू सचेत हुन आग्रह गरिन् । 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा न‌‍‍  २ का वडा अध्यक्ष गजबहादुर बुढा र आवाज संस्थाका कार्य समिति सदस्य कमला गुरुङको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top