होमपेज / समाज
सुर्खेत । वीरेन्द्रनगर नगपालिकामा रहेको प्रभात माध्यमिक विद्यालयमा बाल विवाह रोकथाम सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमले वीरेन्द्रनर नगरपालिका वर्ड नं २ मा बसोवास गर्ने सम्पूर्ण बालबालिकाहरुलाई कसरी बाल विवाह न्यूनीकरण गर्न सकिन्छं, बालबालिकाहरुलाई बालविवाह न्यूनीकरण गर्न के कस्ता किसिमका योजनाहरु आवश्यक पर्दछ, यस्ता प्रकारका समस्यालाई समाधान गर्न अभिभावकको भूमिका के हुन सक्छ भन्ने बारेमा जनचेतना दिइएकाे छ ।
आवाज सस्थाले विशेष गरी बालबालिकाका मुद्दाहरुको सामाधान गर्ने गरेको कुरा आवाज सस्थाका कार्यकारी निर्दशक पवित्रा शाहीले बताउनुभयो । यसै गरी यस संस्थाले प्रभात माध्यामिक विद्यालयमा गरेको कामको उच्च मूल्याङ्कन गरेकाे छ ।
यो विद्यालय विशेष गरी निमुखा, गरीब, बिहान बेलुका काम गरी एक छाक खाना कटौती गरेर आफ्ना नानीबाबुहरुको पढाई खर्च व्यहोर्ने खालको समुदाय भएकाे विद्यालय व्यबस्थापन समितिका अध्यक्ष टेकराज आचार्यले बताकमउनु भयो । उक्त कार्यक्रममा वर्ड नं २ वर्ड अध्यक्ष गज बहादुर बुढा नि वर्तमान वर्ड अध्यक्ष बल बहादुर रोकाया, विद्यलय व्यबस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरु, शिक्षक अभिभाबक संघका पदाधिकारी हरु, गुनासो सुनुवाई समिति पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा प्रभात माध्यमिक विद्यालयका शिक्षक डील्ली चापागाईले विद्यालयको प्रशासनिक, शैक्षिक, आर्थिक अवस्थाको बारेमा शिक्षकहरुलाई पुनताजकी तालिम अनिवार्य रहेको र विशेष गरी लागू पदार्थ दुर्व्यसनलाई निरुत्साहित गरिदिनुहुन वार्ड कार्यालयसँग अनुरोध गर्नु भयो ।