ट्रेण्डिङ

होमपेज / समाज

नवराज बोहराले पुष्पकमल दाहाल प्रचण्डलाई भेटे

नेपालगाथा २०८२ असार ९ गते सोमबार ११:४३:२० मा प्रकाशित

काठमाडौं । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आइपुगेका अभियानकर्मी नवराज बोहराले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरेका छन्। सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा सुरु गरेका बोहोराले आज बिहान प्रचण्डसँग भेट गर्दै वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लाग्न  आग्रह गरे। 

अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकार रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पारे।  बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दै प्रचण्डले अभियान जारी राख्न आग्रह गरे। 

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्धा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौँ आइपुगेका थिए। उनले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेट गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top