ट्रेण्डिङ

होमपेज / समाज

देशभर अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

नेपालगाथा २०८२ असार ७ गते शनिबार १०:२६:३७ मा प्रकाशित

काठमाडौं । आज ११ औँ विश्व योग दिवस मनाउदै । नेपालमा योग शिक्षाप्रतिको आकर्षण बढ्दो क्रममा छ। माध्यमिकदेखि विश्वविद्यालय स्तरमा योग शिक्षाको अध्ययन हुन थालेसँगै यसप्रति विद्यार्थीहरुको झुकाव बढेको छ। माध्यमिक तहमा पाठ्यक्रम विकास केन्द्रले अलगै पाठ्यक्रम तयार गरि विद्यालयमा योग शिक्षा लागू गरेको छ भने त्रिभुवन विश्व विद्यालयले पहिलो पटक विश्वविद्यालय स्तरमा अध्ययन गराइरहेको छ।

पाठ्यक्रम विकासकेन्द्रले कक्षा ९ देखि कक्षा १२ सम्म ऐच्छिक विषयका रुपमा पाठ्यपुस्तक लागु गरेको छ। सरकारले विसं २०५० सालदेखि विद्यालय स्तरमा योग शिक्षा अनिवार्य गर्ने भनेपनि ढिलागरि पाठ्यक्रम लागू भएको हो।‘सिंगो पृथ्वी मानव स्वास्थ्यका लागि योग’ मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी विश्व योग दिवस मनाइँदै छ।यो अवसरमा विभिन्न संस्थाले योगका कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top