होमपेज / समाज
काठमाडौं । ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाई ओभरको निर्माण कार्य सकिएसँगै आजबाट सञ्चालनमा आउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार आज ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाई ओभरको उद्घाटन गरेसँगै सञ्चालनमा आउने भएको हो। फ्लाई ओभरमा सर्वसाधारणको आकर्षण बढेको छ। बिहान मर्निङ वाक गर्न आउने, साइक्लिङ गर्ने, टिकटक बनाउनेहरू काे भीड बाक्लै रूपमा देखिने गरेका छ।
गएको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।