ट्रेण्डिङ

होमपेज / समाज

आज देशभर भारी वर्षाको सम्भावना

नेपालगाथा २०८२ असार ६ गते शुक्रबार ०७:१४:५० मा प्रकाशित

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर वर्षाकाे सम्भावना रहेकाे छ । देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरुमा तथा बाँकी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षार हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका तराईका भू–भागहरुका थोरै स्थानहरुमा हवाहुरीको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top