ट्रेण्डिङ

होमपेज / समाज

व्यवसायिक कुखुरा पालन तालिमसँगै कुखुरा वितरण

अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यहरुलाई स्वराेजगारकाे अवसर

नेपालगाथा २०८२ असार २ गते सोमबार १९:१६:१२ मा प्रकाशित

सुर्खेत । भेरीगंगा नगरपालिकाका १३ वटै वडामा रहेका अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यहरुलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकाको आयोजना तथा साईनिङ्ग अस्पताल आई एन एफ सुर्खेतको अपाङ्गता भएका महिला तथा बालबालिकाको सशक्तीकरण परियोजनाको सहकार्यमा नगरपालिकाको तालिमहलमा सम्पन्न भएको हो ।

भेरीगंगा नगरपालिका भित्रका १३ वटै वडाका वडास्तरीय अपाङ्गता संजालका सदस्य तथा प्रतिनिधिहरुको सहभागिता तथा आइ एन एफ नेपालको प्रतिनिधिको सहभागितामा नगरपालिकाको सम्बन्धित शाखा तथा जनप्रतिनिधिको सहभागितामा २० जना ब्यक्ति तथा परिवारका सदस्यहरुलाइ छनौट गरिएको थियो । छनौट भएका सहभागिहरुलाई चारदिनसम्म व्यवसायिक कुखुरा पालन, कुखुराका प्रकार, प्रयोजन, रोग पहिचान तथा ब्यवस्थापन, खोर ब्यवस्थापन र खाना ब्यवस्थापन सम्बन्धी विषयमा सहजीकरण भएको थियो ।

साईनिङ्ग अस्पताल आई एन एफ सुर्खेतका परियोजना अधिकृत लोक प्रसाद गौतमले सहभागीहरुलाई स्वागत गर्दै तालिमका लागि नगरपालिकाले काम गर्ने वातावरण प्रदान गरी अभिभावकीय भूमिका निर्वाह गरेकोमा नगरपालिकाप्रति धन्यवाद व्यक्त गरे ।

नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले अपाङ्गता भएका ब्यक्ति तथा परिवारलाई उपचार, पुनर्सथापना, सहयोग तथा ब्यवसायिक काममा जोड्ने प्रतिवद्धता व्यक्त गरे । उनले आगामी वर्षहरुमा पनि बजेट ब्यवस्थापन गर्ने बताए ।

सहभागीहरुबीच त्रिपक्षीय सम्झौता गरी तालिममा सिकाइए अनुरुप खोर निर्माण गर्न तथा व्यवसायिक योजना निर्माण गर्न साईनिङ्ग अस्पताल आई एन एफ सुर्खेतले सहजीकरुरण गरेको थियो । 

प्रति परिवार ४० वटा कुखुराको चल्ला वितरण गरिने भएकोले खोरको लम्बाई कम्तीमा ४ फिट चैडाई ४ फिट तथा जमिनबाट खोर सम्मको दुरी कम्तीमा २ फिट हुनु पर्ने गरी प्राविधिक सल्लाह अनुरुप खोर निर्माण गर्न १ महिनाको समयावधि दिईएको थियो । खोर निर्माण गरे नगरेको सम्बन्धित शाखा, प्रमुख प्रशाकीय अधिकृत ज्यू तथा नगर उपप्रमुख धनसरा बोहोराको सहभागितामा स्थलगत अनुगमन गरि खोर निर्माणको सुनिश्ततता गरिएको थियो । 

नगर उपप्रमुख श्रीेधनसरा बोहोराको अध्यक्षतामा वडा अध्यक्षहरु, रोजगार सेवा केन्द्र प्रमुख तथा ब्यवसायीहरुको सहभगितामा सम्पूर्ण १९ जना सहभागीहरुलाई प्रति परिवार ४० वटा चल्ला, २ ÷२ वटा दाना तथा पानि खुवाउने भाडा, २५ केजी दाना, भिटामिन तथा खोर निर्माण सहयोग स्वरुप रु चार हजार वितरण गरिएको थियो । 

वितरणको समयमा पशु प्राविधिक लोकेन्द्र बहादुर खड्काले दाना तथा औषधीको प्रयोग गर्ने तरिकाको बारेमा जानकारी दिएका थिए । नगर उपप्रमुख धनसरा बोहोराले अपाङ्गता भएका ब्यक्तिहरुका लागि नगरपालिकाको योजना तथा कार्यक्रममा आर्थिक तथा उपचारात्मक सेवा सहित आगामी दिनमा पनि यस्ता प्रकारको योजना तयार भएको जानकारी दिइन् । 

तालिममा भेरीगंगा नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र कुमार जिसी, भरीगंगा नगरपालिका रोजगार सेवा केन्द्रका प्रमुख प्रकाश पौडेलको समेत तसहभागिता रहेको थियो । कार्यक्रम संचालन आइ एन एफ नेपालका सहायक परियोजना अधिकृत सम्झना परियारले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top