ट्रेण्डिङ

होमपेज / समाज

पिपिएलएको अध्यक्षमा अमर थापा निर्वाचित

नेपालगाथा २०८२ असार २ गते सोमबार ११:०५:०२ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) निकट कानुन व्यवसायीहरूको संस्था प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए)को अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा थापा २५६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी ओमप्रसाद थपलियाले २१३ मत ल्याएका थिए ।

खुला उपाध्यक्षमा भीमसेन बञ्जारा निर्विरोध भएका थिए । महिलातर्फ भने चुनाव भएको थियो । जसमा यशोदादेवी खरेल निर्वाचित भएकी छन् । उनले ३०५ मत ल्याउँदा उनकी प्रतिस्पर्धी हिमादेवी बस्नेतले १५२ मत पाइन् ।

महासचिवमा भुवनप्रसाद निरौला १६३ मत ल्याएर निर्वाचित भएका छन् । उममहासचिवमा बाबुराम राई निर्वाचित भए । तीन सचिवमा युवककुमार गौतम (१३९), अनिता गौतम (२२७), मुकुन्दप्रसाद अधिकारी (१३१) मत ल्याएर निर्वाचित भए । मुकुन्द अधिकारी र हरिप्रसाद मैनालीको मत बराबर आएकाले गोलाप्रथाबाट छिनोफानो गरिएको थियो । कोषाध्यक्षमा कुमार घिमिरे २२९ मत ल्याएर निर्वाचित भएका छन् । अधिकांश सदस्यहरू निर्विरोध चुनिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top