ट्रेण्डिङ

होमपेज / समाज

अत्यधिक गर्मी बढेपछि भरतपुर महानगरले दियो तीन दिन बिदा

नेपालगाथा २०८२ जेठ २७ गते मंगलबार १८:४६:५३ मा प्रकाशित

काठमाडौं । अत्यधिक गर्मी बढेपछि चितवनको भरतपुर महानगरपालिकाले तीन दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै पूर्वप्राथमिक र मन्टेश्रीहरुसमेत गरी सबै विद्यालयहरु तीन दिन बन्द गर्ने निर्ण गरेको हो । अत्यधिक गर्मीको कारण भोलिदेलि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

सोही अनुसारमहानगरभित्रका सबै विद्यालयहरू बन्द गर्न नगर कार्यपालिकाले अनुरोध गरेको छ। साथै, गर्मीबाट बालबालिकालाई जोगाउन घरमै बस्न, अत्यधिक घाममा बाहिर ननिस्कन र प्रशस्त पानी पिउन अभिभावकहरूलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top