ट्रेण्डिङ

होमपेज / समाज

अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय विदा

नेपालगाथा २०८२ जेठ २७ गते मंगलबार १२:५२:४१ मा प्रकाशित

कञ्चनपुर । अत्यधिक गर्मी बढेपछि बेलौरी नगरपालिकाले दुई दिन विद्यालय विदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो ।

नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान हुने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनले बताए ।

गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top