ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेत समाज कान्साई जापानको अध्यक्षमा गणेश बुढा

नेपालगाथा २०८२ जेठ २६ गते सोमबार ११:१७:१५ मा प्रकाशित

जापान । सुर्खेत समाज कान्साई जापानको प्रथम अधिवेशनबाट चौकुने गाउँपालिका सुर्खेतका गणेश बुढा अध्यक्षमा निर्वाचित भएका छन् । 'एकता, समर्पण र सुर्खेत गौरव' भन्ने मूल नारासहित सुर्खेत समाज कान्साई जापानको प्रथम ऐतिहासिक अधिवेशन यही जेष्ठ २५ गते अर्थात् जुन ८ गते सम्पन्न भएको हो । 


अधिवेशन निर्वाचित भएकाे नयाँ कार्यसमितिको नामावली यस प्रकार रहेको छ -
अध्यक्ष :  गणेश बि.सी.
उपाध्यक्ष : प्रशान्त कुमार बुढा र अजय सिंह ठाकुरी
सचिव : अञ्जु बुढा 
सह–सचिव : सुमन सापकोटा
कोषाध्यक्ष : लक्ष्मी हमाल
सह–कोषाध्यक्ष : नुरबज खान
सदस्यहरू : १. उर्मिला पाण्डे  २. पंकज कठायत  ३. बिमला बडुवाल  ४. भूपाल भण्डारी  ५. कल्पना कुमारी शाही र  ६. टेकराज भण्डारी
सल्लाहकारहरू : निशान चन्द र उज्ज्वल थापा

नयाँ कार्य समितिकाे समयाअवधि दुई वर्षकाे हुने बताइएकाे छ ।


 

यो अधिवेशनले समुदायभित्रको विश्वास, नेतृत्व र एकताको भावना झल्काउँदै, भविष्यका लागि एउटा सबल संरचना निर्माण गर्नमा सहयाेग पुग्ने नवनिर्वाचित अध्यक्ष बुढाले बताए । यसैगरी सुर्खेत समाजका सचिव अञ्जु बुढाले अधिवेशन सफल बनाउन सहयाेग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै हामी सबै मिलेर अझ सशक्त र समावेशी समाज निर्माणतर्फ अगाडि बढ्ने बताइन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top