ट्रेण्डिङ

होमपेज / समाज

औषधि व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा भण्डारी र महासचिवमा रोकाय

नेपालगाथा २०८२ जेठ २५ गते आइतबार २०:५८:०० मा प्रकाशित

सुर्खेत । नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा प्रेमबहादुर भण्डारी पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको आज सुर्खेतमा सम्पन्न दोस्रो अधिवेशनबाट भण्डारी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी संघको महासचिवमा दानबहादुर रोकाय पनि पुनः दोहोरिएका छन् । 

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा धर्मराज रावल, थोक उपाध्यक्षमा गोमाकुमारी नेपाली र खुद्रा उपाध्यक्षमा एस.आर पाण्डे निर्वाचित भएका छन् । 

संघको कोषाध्यक्षमा रविन्द्र थापा, सचिवमा पूर्णप्रकाश बराल र उपकोषाध्यक्षमा सरिता रोकाय रावत निर्वाचित भएका छन् । यसैगरी संघको सदस्यहरुमा यशोदा थापा, चन्द्रबहादुर रोकाय, कृष्णबहादुर मल्ल, राधाकुमारी बिसी, कालीबहादुर रावत र रामबहादुर थापा निर्वाचित भएको निर्वाचन समितिका संयोजक विवशकुमार बस्नेतले जानकारी दिनुभयो । 

नवनिर्वाचित अध्यक्ष प्रेम भण्डारीले अघिल्लो कार्यकालमा अधुरा रहेका कार्ययोजनाहरु पूरा गर्नका लागि सम्पूर्ण औषधि व्यवसायीहरुले फेरि एकपटक नेतृत्व गर्ने अवसर प्रदान दिएको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top