ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीको विकासका लागि बजेट आउछ - मन्त्री शाह

नेपालगाथा २०८२ जेठ २४ गते शनिबार १०:१०:३९ मा प्रकाशित

सुर्खेत। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले कर्णालीको सामाजिक, आर्थिक, भौतिक र मानवीय विकासमा केन्द्रित बजेट ल्याउने बताएका छन्। कर्णालीको भौतिक बिकास तथा विभिन्न सम्भावनाहरुको पहिचान गरी त्यसको माध्यमबाट आर्थिक बिकास गर्न सक्ने गरी बजेट ल्याउने उनको भनाई छ।

प्रदेशको समृद्धिका लागि पूर्वाधार बिकासमा उच्च प्राथमिकता, गुणस्तरीय, सर्वसुलभ शिक्षा र स्वास्थ्यमार्फत मानव पुँजीको बिकासलगायतका कार्यक्रमलाई जोड दिइने उनले बताए। शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई रोजगारी र रोजगारीलाई गरिवी निवारण गर्ने र कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण र विविधीकरण गर्दै कर्णालीलाई आद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने उनले बताए।

पाँच हेक्टरमा भन्दा बढी जमिनमा कृषि व्यवसाय गर्ने व्यवसायीलाई कर्जामा ब्याज अनुदान दिने र दुई हेक्टरभन्दा बढी जमिनमा कृषि व्यवसाय र फलफूल खेती गर्ने सहकारी, फर्म, कम्पनी, कृषक समूहलाई लागत सहभागिताको आधारमा अनुदानको व्यवस्था गरिने खाद्यान्न, स्याउ ओखर तथा सुन्तला विकास कार्यक्रमलाई बिशेष कार्यक्रमका रुपमा सञ्चालन गर्ने, एक गाउँ एक व्यवसायिक फलफूल खेती बगैचा कार्यक्रमलाई जोड दिइने उनको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top