होमपेज / समाज
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)ले एकैपटक १०० जना नर्सका लागि आवेदन खाेलेकाे छ ।
अस्पतालले सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी रिक्त रहेको अस्थायी दरबन्दीमा १०० जना नर्स करार सेवामा पदपूर्ति गर्न लागिएको जनाएको छ। योग्यता पुगेका इच्छुकले आगामी २५ जेठदेखि १ असार काे बेलुका ५ बजे भित्र आवेदन दिन भनेको छ।
नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्णले उक्त पदका लागि आवेदन दिन सक्नेछन्। रुष नर्सको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष अधिकतम उमेर तोएिको छ।