होमपेज / समाज
जुम्ला । खानेपानी, सडक, पुल, ढल व्यवस्थापन, कोरिडोर निर्माण, सिलेट बिछ्याउनेलगायतका योजना निर्माणमा ढिलासुस्ती भएको र केही योजना अलपत्र रहेकाले तत्काल अघि बढाउन दलहरूले प्रजिअलाई ध्यानकर्षण गराएका हुन् । सबै अलपत्र आयोजनाका ठेकेदार तथा सम्बन्धित कार्यालय प्रमुख र सरोकारवालाको सर्वपक्षीय बैठकको आह्वानसमेत गरिदिन कांग्रेस कार्यवाहक सभापति कार्मा बुढाले अनुरोध गरे । नेकपा (एमाले) का अध्यक्ष शान्तिलाल महतले जिल्लामा थुपै्र विकासनिर्माण का आयोजना अलपत्र पर्दासमेत प्रजिअले चासो नदिएको बताए । रास्वपाका जिल्ला संयोजक मक्करबहादुर भण्डारीले चन्दन नाथ नगरपालिका–१० मा सडक निर्माणका नाममा घर जग्गामा क्षति पुर्याउने र योजना अलपत्र पार्ने काम मात्रै भएको बताए ।
बर्सातको समय नजिकिँदै जाँदासमेत जुगाडखोला कोरिडोरको आधारभूत काम सकिएको छैन । खोलाको बिच बिचमा ढुङ्गा थुपारिएको छ । थुपारिएको ढुङ्गा नपन्छाएको खण्डमा बाढी घर घरमा पस्ने जोखिम भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिइएका छन् । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जिल्लाको विकासनिर्माणबारे दलहरूले राखेको चासो सकारात्मक रहेकाले आयोजनाबारे सम्बन्धित पक्षबाट जानकारी लिएर छलफलको वातावरण बनाउने बताए ।