ट्रेण्डिङ

होमपेज / समाज

बन्दको कार्यक्रम फिर्ता

नेपालगाथा २०८२ जेठ १९ गते सोमबार ०७:१८:५६ मा प्रकाशित

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आज गर्ने भनेकाे उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । प्रदर्शनस्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरु रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ । ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएकाे छ ।

काठमाडौंमा भएको प्रदर्शनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि थापालाई भेट्न गएका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top