होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश सरकारले १८ औँ गणतन्त्र दिवस मनाएको छ । बिहीबार बिहान वीरेन्द्रनगरको मुख्य बजारमा र्यालीको आयोजना गरेको कर्णाली प्रदेश सरकारले एक समारोहका बिच कार्यक्रम गरी दिवस मनाएको हो ।
समारोहमा मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, सबै मन्त्रीहरू, सत्तारुढ दल कांग्रेसका नेता जीवनबहादुर शाही लगायत सम्पूर्ण सांसद, व्यापारी, बुद्धिजीवी, सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्र नै उत्तम व्यवस्था भएकाले यसलाई सुदृढ पार्दै अगाडी बढ्नुपर्ने बताए । बरु वर्तमान अवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्नुपर्ने उनको भनाइ थियो ।