होमपेज / समाज
सुर्खेत । गुर्भाकोट नगरपालिका उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेत र साइनिङ अस्पताल आइएनएफ सुर्खेतको संयुक्त सहकार्यमा सञ्चालित अपाङ्गता भएका व्यक्तिहरूको लागि एक महिने डल कुसन बनाउने तालिम एक कार्यक्रमका बीच समापन भएको छ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक देवीलाल सापकोटाको अध्यक्षता, गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनको प्रमुख अतिथिता, गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना बिकको विशिष्ट अतिथिता वार्ड नं १२ का वडा अध्यक्ष तुलसीप्रसाद शर्मा, आइएनएफ सुर्खेतका पहुँच तथा समावेशीकरण परियोजनाका परियोजना अधिकृत लोकप्रसाद गौतम उपभोक्ता हित संरक्षण कार्यालयका अधिकृत ऋषभ रञ्जन, स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्ती, महिला बालबालिका शाखा प्रमुख बिमला बिक, नगरप्रमुखका सचिवालय सदस्य दीपक शर्मा, प्रशिक्षक मिना श्रेष्ठ लगायत प्रशिक्षार्थीहरूको सहभागितामा एक महिने तालिमको समापन भएको थियो।उक्त कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका टोपेन्द्र बिसीले सञ्चालन गर्नुभएको थियो।
उक्त कार्यक्रममा सहभागीको तर्फबाट धनमाया घर्तीले अपाङ्गता भएका विशेषतः विलचेयर प्रयोगकर्ता नौ जना व्यक्तिहरूका लागि एक महिनाको आवासीय तालिम सञ्चालन गर्नुभएकोमा गुर्भाकोट नगरपालिका, उद्योग निर्देशनालय र आईएनएफलाई विशेष आभार व्यक्त गर्नुभयो। यसैगरी प्रशिक्षक मिना श्रेष्ठले यो तालिम आफ्नो लागि छुट्टै र भिन्नै अनुभूति भएको विचार व्यक्त सुरुमा त अपाङ्गता भएका व्यक्तिका लागि यो तालिम प्रदान गर्न सिकाउन कति सजिलो होला कि नहोला भनि दोधारमा रहेकोमा तालिमका क्रममा अरु व्यक्ति सर अपाङ्गता भएका व्यक्तिहरूले अझ राम्रोसँग दत्तचित्त भएर सिक्नुभएको सामग्री निर्माण गर्नुभएको देख्दा आफूलाई गौरव भएको बताउनुभयो।
अपाङ्गता भएका व्यक्तिहरूले डल कुसन निर्माणका लागि सामग्री प्राप्त गर्ने स्थान त्यसको सामान्य व्यावसायिक योजना समेत सिकेको हुँदा हामी सबै मिलेर बजारीकरणमा सहजीकरण गर्न सक्यौँ भने उहाँहरूको सिकाइले निरन्तरता पाउने बताउनुभयो।पहुँच तथा समावेशीकरण परियोजनाका परियोजना अधिकृत लोकप्रसाद गौतमले तालिम सञ्चालनका सुरुवातका सन्दर्भहरू कट्याउँदै अपाङ्गता भएका व्यक्तिहरूको चासो खाँचो र रहर भएको विषय दल कुसन तालिम प्रदान गर्नका लागि फिल्ड स्तरमा आइएनएफका जोलबहादुर बुढाले गर्नुभएको मेहनतको प्रशंसा गर्दै तालिमको आवासीय बन्दोबस्त गर्ने गुर्भाकोट नगरपालिका परिवार तथा नगरप्रमुख हस्त पुन प्रति आभार व्यक्त गर्नुभयो।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले प्रशिक्षकको व्यवस्था मेसिन औजारका लागि लाग्ने लागतमा ७० प्रतिशत योगदान गर्नुको साथै संयुक्त प्रकारले कार्यक्रम गर्ने बन्दोबस्त मिलाएकोमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई धन्यवाद व्यक्त अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले गुर्भाकोट नगरपालिकामा सञ्चालन गरिएको एक महिने आवासीय डल कुसन सीप तालिम सम्पन्न भएको छ।
गुर्भाकोट नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, सुर्खेत र आई.एन.एफ. (INF) सुर्खेतको साझेदारीमा सञ्चालन गरिएको तालिम शुक्रबार समापन गरिएको हो। तालिममा सहभागी अपांगता भएका व्यक्तिहरूलाई डन कुसन बनाउने सीप प्रदान गरिएको थियो, जसले उनीहरूको आयआर्जनको क्षमता बढाउने र दैनिकी सहज बनाउने अपेक्षा गरिएको छ।
तालिम अवधिभर सहभागीहरूले व्यवहारिक तथा सैद्धान्तिक ज्ञान समेत हासिल गरेका थिए।समापन कार्यक्रममा बोल्दै गुर्भाकोट नगरप्रमुख हस्त पुनले यस्ता कार्यक्रमहरूले समाजमा समावेशीता र समान अवसरको भावना विकास गर्न सहयोग पुर्याउने बताए।“अपांगता भएका नागरिकहरू केवल सहायता होइन, अवसर चाहन्छन्।
यो तालिम उनीहरूको आत्मबल वृद्धि र रोजगारी सृजनाको मार्ग हो,” उनले भने।कार्यक्रममा उपप्रमुख मैना बिक, वडा प्रतिनिधिहरू, संस्था प्रमुखहरू र तालिम प्रशिक्षकहरूको पनि उपस्थिति रहेको थियो।तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।सहभागीहरूका अनुहारमा सिकाइको सन्तुष्टि र आगामी दिनमा आफ्नै व्यवसाय सञ्चालन गर्ने आत्मविश्वास देखिन्थ्यो।
पहुँच तथा समावेशीकरण परियोजना INF सुर्खेतका परियोजना अधिकृत लोक प्रसाद गौतमले पनि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।