ट्रेण्डिङ

होमपेज / समाज

भेरीगंगामा अपाङ्गता भएका ५१ जना ब्यक्तिहरुका लागि सहायक सामग्री प्रदान

नेपालगाथा २०८२ जेठ १५ गते बिहीबार ०९:३७:०४ मा प्रकाशित

सुर्खेत । अपाङ्गता भएका ब्यक्तिहरुका लागि भेरीगंगा नगरपालिकामा सहायता सामग्री वितरण गरिएको छ । भेरीगंगा नगरपालिकाको आयोजना तथा साईनिङ्ग अस्पताल आई एन एफ नेपाल सुर्खेतको सहकार्यमा भेरीगंगा नगरपालिकाको सभाहलमा सहायता सामग्री नितरण गरिएको हो ।

साईनिङ्ग अस्पताल आई एन एफ नेपाल सुर्खेतद्धारा संचालित अपाङ्गता भएका महिला तथा बालिकाको शसक्तिकरण परियोजना सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकामा संचालित छ । जसमा भेरीगंगा नगरपालिका भित्रका सबै प्रकारका अपाङ्गता भएका ब्यक्तिहरुलाई समेटि सहायता सामग्री वितरण गरिएको हो ।

परियोजनाको मूख्य लक्षित समूह महिला तथा बालबालिका भएतापनि नगरपालिकाको समन्वयमा पुरुषहरुलाई पनि समेटी सहायता समग्री वितरण गरिएको थियो ।सहायता सामग्री वितरण गर्नुपहिले साईनिङ्ग अस्पताल आई एन एफका परियोजना टिम तथा फिजियोथेरापिष्ट र प्रोथेसिस तथा अर्थोसिस टिमको सहभागीतामा सहायता सामग्री पहिचान शिविर संचालन गरिएको थियो ।

शिविरवाट पहिचान भएकाहरुका लागि सहायता सामग्री मापन पनि गरिएको थियो । सहायता सामग्री जस्तै बेल्ट, ह्न्ड स्प्लिन्ट, सुधारिएको जुत्तता तथा घुडा भन्दा तल खुट्टा भनएकाअरुका लागि कृतिम खुट्टा साईनिङ्ग अस्पताल आई एन एफ सुर्खेतमा नै उत्पादन गरिएको थियो । सहायता सामग्री वितरण एक औपचारिक कार्यक्रमका विच वितरण गरिएको थियो।

सहायता सामग्री प्रदान कार्यक्रमको अध्यक्षता अपाङ्गता समन्वय समितिको संयोजक तथा भेरीगंगा नगरपालिकाको उपप्रमुख धनसरा बोहोरा ले गर्नुभएको थियो भने प्रमूख अतिथि नगर प्रमुख यज्ञ प्रसाद ढकाल, बिशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोखरेल , वडा नं १२ का वडा अध्यक्ष राम बहादुर डाँगी,अतिथि प्रशासन शाखाका शाखा प्रमुख सिता गिरी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमूख शिसिर खड्का तथा साईनिङ्ग अस्पताल आई एन एफ सुर्खेतका परियोजना अधिकृत लोक प्रसाद गौतमको सहभागितामा सहायता सामग्री वितरण गरिएको थियो।

कार्यक्रमको संचालन अपाङ्गता भएका महिला तथा बालिकाको शसक्तिकरण परियोजनाको सहायक परियोजना अधिकृतले सम्झना परियारले गर्नुभएको थियो। सहभागीहरुकलाई स्वागत गर्दै परियोजना अधिकृत लोक प्रसाद गौतमले साईनिङ्ग अस्पताल, आई एन एफले अपाङ्गता भएका व्यक्तिहरुको लागि पर्नस्थापना सेवा, सहायता समग्री सेवा, जीविकोपार्जन सेवा, फिजिओ थेरापी सेवा, छाला रोग उपचार सेवा, पहुँच युक्त घरनिर्माण सहयोग जस्ता कार्यहरु गर्दै आएको बताउनु भयो।

पालिकाको नीति तथा कार्यक्रमको उदेश्य प्राप्तिमा कार्य गरिरहेको आई एन एफको कार्यमा भेरिगांगा नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गरेकामा नगरपालिकाप्रति धन्यवाद ब्यक्त गर्नु भयो।यसैगरि नगर प्रमुख यज्ञ प्रसाद ढकालले नगरापलिका भित्र भएका सबै प्रकारका अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रत्यक्ष रुपमा सहायता गरेकोमा साईनिङ्ग अस्पताल, आई एन एफ प्रति धन्यवाद प्रदान गर्दै नगरपालिकाले अपाङ्गताको क्षेत्रमा सहायता सामग्री प्रदान गर्ने मात्र नभई स्थानीय स्तरमा नै पुर्नस्थापन सेवा सुरुवात गर्न लागिएको जनाकारी।

अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायता सामग्री प्रदान गरि परिवार र समाजमा पहुँच बृद्धि गर्न सहायता पुग्ने वताउदै अपाङ्गता भएका ब्यक्तिहरुलाई आर्थिक, भौतिक र सामाजिक शसक्तिकरणमा पनि सहयोग पुग्ने बताउदै कार्यक्रमको समापन नगर उपप्रमुख श्री धनसरा बोहोरावाट गरिएको थियो।कार्यक्रममा नगरपालिका भित्रका ५१ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायता सामग्री वितरण गरिएको थियो । जसमा १८ वटा सेतो छडी २ वटा ह्विलचियर, ६ वटा बैशाकी, १० वटा सहायता लौरो, २ वटा घुडा भन्दा तलको कृतिम खुट्टा तथा अन्य सामग्री वितरण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top