ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं महानगरपालिकाले घरेलु फोहोर ब्यवस्थापन गर्न ठेक्का लगायाे

नेपालगाथा २०८२ जेठ १४ गते बुधबार १२:४८:२० मा प्रकाशित

काठमाडौं । महानगरपालिकालाई ७ क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टा छुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाएको छ। काठमाडाैंका विभिन्न स्थानमध्ये क्षेत्र नम्बर ७ को मटेरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इञ्जिनियर रामप्रसाद नेपालीले जानकारी दिए। अन्य क्षेत्रमा क्रमशः सञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उनको भनाइ छ।

उनका अनुसार क्षेत्र नम्बर ७ बाट २०८२ वैशाख महिनाभरिमा १ लाख १ हजार ३५५ किलोग्राम सुक्खा फोहर संकलन भयो। यस क्षेत्रमा १० वटा  वडा छन्। सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत जम्मा गरिन्छ। वैशाख महिनाको विवरण हेर्दा सबैभन्दा धेरै संकलन भएको दिन ३ हजार ८२७ किलोग्राम र सबैभन्दा कम भएका दिन २ हजार ५३४ किलोग्राम फोहर जम्मा भएको देखिन्छ। यस क्षेत्रबाट दैनिक साढे ४३ मेट्रिक टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको छ।

चैत महिनामा ११ गतेदेखि फोहर संकलन थालिएको थियो। त्यस दिन १ हजार ३७७ किलोग्राम फोहर संकलन गरिएको थियो। त्यस महिना सबैभन्दा बढी ४ हजार ५ सय किलोग्राम संकलन भएको थियो। यसमहिनामा ६० हजार ६६० किलोग्राम फोहर जम्मा भयो। यो क्षेत्रका लागि ग्लोरियस मल्टीपर्पोज एण्ड सप्लाइजले ६२ लाख रूपैयाँमा वार्षिक कबोल गरेको छ।

घरेलु फोहोरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ। ती हरेक क्षेत्रमा एकएक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न महानगरपालिकाले आय ठेक्का कार्यविधि २०७९ बमोजिम सार्वजनिक सूचनाबाट आव्हान गरेको थियो। यसबाट पहिलो क्षेत्रमा नेप्सेम्याक सेवा प्रालि छनोट भएको छ।

यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन्। यसले वार्षिक रुपमा ६६ लाख ४२ हजार १ सय रूपैयाँ कबोल गरेको छ। यस क्षेत्रमा दैनिक करिब ४८ मेट्रिक टन फोहर संकलन हुने अनुमान गरिएको छ।

क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालिले वार्षिक ५१ लाख ५९ हजार ४३ लाख रूपैयाँमा ठेक्का कवोल गरेको छ। यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन्। यस क्षेत्रबाट दैनिक करिब साढे ३६ मेट्रिन टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको छ। क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रा। लि। ले वार्षिक ५५ लाख ३५ हजार ८९१ रूपैयाँ आय ठेक्का कबोल गरेको छ।

यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन्। यस क्षेत्रबाट दैनिक करिब ३८ मेट्रिक टन फोहर जम्मा हुने अनुमान गरिएको उनले जानकारी दिए। क्षेत्र नम्बर ४ मा मेची पोली इष्डष्ट्रीले १ करोड १५ लाख ४ हजार ४०४ रूपैयाँ कबोल गरेको छ। यसमा वडा नम्बर १६, १७ र २६ पर्छन्। यस क्षेत्रबाट दैनिक करिब साढे ५५ मेट्रिक टन फोहर जम्मा हुने अनुमान छ।

वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । करिब ४९ मेट्रिक टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल उर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रूपैयाँ कवोल गरेको छ।

वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ। करिब ५४ मेट्रिक टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९१७ रूपैयाँमा आय ठेक्का कबोल गरेको छ। 
इञ्जिनियर नेपालका अनुसार यसरी कबोल गरिएको रकम कर बाहेकको हो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top