होमपेज / समाज
काठमाडाैं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१औं पटक सगरमाथा आरोहण गरेर अर्काे कीर्तिमान बनाएका छन्। सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले सगरमाथाको शिखरमा पुगेर कीर्तिमान गरेका हुन् । यस सिजनमा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए, जसमा करिब ५०० जनाले सगरमाथा आरोहण गरे।
अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए । पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ ।