होमपेज / समाज
काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर आज दिउँसो २ बजेर २५ मिनेटमा ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिएका छन् । प्रमुख तिम्सिनाका अनुसार यो परकम्पन हो ।
जाजरकोट नजिकका जिल्लामा कम्पन महशुस भएको उनले जानकारी दिए । यसअघि जेठ २ गते बैतडीको खलङ्गा केन्द्रविन्दु भएर ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।