ट्रेण्डिङ

होमपेज / समाज

वडा कार्यालय बनाउन निःशुल्क जग्गादान

नेपालगाथा २०८२ जेठ १२ गते सोमबार १२:४४:५९ मा प्रकाशित

भोजपुर । स्थानीयवासी ललित तामाङले भवन निर्माणको लागि निःशुल्क एक रोपनी जग्गा प्रदान गरेपछि भोजपुर नगरपालिका ९ ले नयाँ प्रशासनिक भवनबाट सेवा थालेको छ । वडाले स्थानीयवासीलाई पायक पर्ने स्थान पानीट्याङ्की नजिक ३४ लाख रुपैयाँ लागतमा कार्यालय भवन निर्माण गरेर सेवा प्रवाह थालनी गरेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।

“आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह गरिरहेका छौँ” वडाध्यक्ष तामाङले भने, “यहाँ कार्यालय सञ्चालनको लागि भवन नहुँदा धेरै समस्या थिए । नगरपालिकामा एक वटा कोठाबाट लामो समयसम्म सेवा प्रवाह गरियो । अहिले आफ्नै कार्यालय भवन हुँदा सेवा प्रवाहमा सहजता भएको छ ।”

आफ्नै वडामा कार्यालय भवन निर्माण भएर सेवा प्रवाह भएपछि सहजता भएको स्थानीयवासी धनबहादुर तामाङले बताए । “वडामा नै कार्यालय नहुँदा हामीलाई वडाको सेवा लिन समस्या थियो” उनले भने, “माथिल्लो क्षेत्रका नागरिक सेवा लिन सदरमुकामसम्म जान धेरै समय लाग्यो । अहिले वडाबाट सेवा शुरु भएपछि हामीलाई सहजता छ ।”

वडाको सेवा सवैलाई सहज हुने तथा पायक पर्ने स्थानबाट सेवा प्रवाह भएपछि स्थानीयबासी खुसी भएका छन् । वडा भवन नहुँदा माथिल्लो भेगका नागरिकलाई एकदेखी डेढ घण्टा धाएर सेवा लिनु पर्ने अवस्था थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top