होमपेज / समाज
काठमाडौं । एनआईसी एशिया बैंक कर्मचारी संघले आफ्नो १६औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान गरेको छ ।संस्थामा १० वर्ष वा त्यसभन्दा बढी समय सेवा पुर्याएका कर्मचारीहरूलाई उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरेको संघले जनाएको छ । उनीहरूको निरन्तर सेवा, प्रतिबद्धता र निष्ठाले संस्थाको समग्र प्रगति र सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
सम्मान कार्यक्रम प्रदेशगत रूपमा आयोजित गरिएको छ । जसअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा कार्यक्रम सम्पन्न भइसकेका छन् । आगामी दिनहरूमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा पनि यस्ता सम्मान कार्यक्रमहरू आयोजना गरिने संघले जनाएको छ ।
एनआईसी एशिया बैंक कर्मचारी संघले भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिँदै कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्दै कर्मचारी र संस्थाको समग्र हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।