होमपेज / समाज
सुर्खेत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशको सुर्खेतस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको छ । आवाज नेपाल विगत लामो समयदेखि निरन्तर रुपमा एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसा जस्ता विषयमा सशक्तिकरणका लागि काम गर्दै आएको संस्था हाे । विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४० जना महिला र बालबालिकाहरूलाई सहयोग गरिरहेकोे याे संस्थालाई बैंकले करिब २ महिनासम्मलाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको हो ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र उनका बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई बैंकको प्रयासमा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको बताए । संस्था तथा त्यहाँ रहेका बालबालिकाहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरुले एकल महिला र बालबालिकाको अधिकारकोे हेरचाहको लागि समाजमा उदाहरण बसाइरहेको उल्लेख गरे ।