होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय ग्याजुएट स्कुल अफ स्युमानिटिज एण्ड मोगल साइन्सेज अन्तर्गत सञ्चालित एमफिल लिडिङ्ग टु पिएचडी कार्यक्रमकाे निर्देशकमा उपप्राध्यापक डा. ऐश्वर्य ढकाल नियुक्त हुनुभएकाे छ । मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्काे यही वैशाख ३० गते बसेको बैठकले डा. ढकाललाई निर्देशकमा नियुक्त गरेकाे हाे ।
निर्देशक डा. ढकालले मंगलबार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रममा बाेल्दै ग्य्राजुएट स्कुल अफ ह्युमानिटि एण्ड साेसल साइन्सेसका पूर्व डिन सहप्रा डा. लिलाधर गाैतमले एमफिल लिडिङ्ग टु पिएचडी कार्यक्रमलाई सफल बनाउन नवनियुक्त कार्यक्रम निर्देशक डा. ढकालले आफ्नाे जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्नेमा विश्वास व्यक्त गरे ।

यसैगरी डिन प्राडा यामबहादुर कार्कीले शैक्षिक गतिविधिमा विश्ववियालयले फड्काे मारेकाे बताए । उनले अबकाे केही समयमा शिक्षा संकायतर्फ पनि एमफिल लिडिङ्ग टु पिएचडी कार्यक्रम शुरु हुने जानकारी दिए । कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुख, उपप्राध्यापक र विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।
