होमपेज / समाज
काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणकाे रिट आज पनि हेर्न नमिल्नेमा परेको छ ।
यसअघि पाँच पटक लगातार हेर्न नमिल्नेमा परेपछि आज हेर्न मिल्ने प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा तोकिएको थियो । तर अदालत स्रोतका अनुसार रवि लामिछानेको पक्षबाट बहस गर्ने वकिल नातेदार परेपछि न्यायाधीशले सुनवाइ नगर्ने निर्णय लिएका हुन् ।
आजसहित लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट लगातार छैठौँ पटक हेर्न नमिल्नेमा परेको हो ।
लामिछानेकोतर्फबाट एक महिनाअघि रिट दायर भएको थियो ।