होमपेज / समाज
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले विगतमा वामपन्थी र दक्षिणपन्थी विचारहरु मिलेर नै आन्दोलनहरु सफल भएको बताएका छन् । शनिबार ३२ औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरुप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘कमरेड पुष्पलालले भन्नुभएको थियो, जबसम्म यहाँ नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हातेमालो गर्दैनन्, निरङ्कुस राजतन्त्रलाई पञ्चायती तानाशाहीलाई पराजित गर्न सकिँदैन । यो विचारलाई कांग्रेसका नेता बीपी कोइरालाले अस्विकार गरेका थिए । फलस्वरुप बीपी बाँचुन्जेललसम्म नेपाली कांग्रेसबाट एक्लै आन्दोलन सफल भएन ।
पछिल्लो ०६२/६३ आन्दाेलनमा वामपन्थी र दक्षिणपन्थी विचार बोकेर पनि देशको परिस्थितिमा निरङ्कुश राजतन्त्रको विरुद्धमा जुध्ने मानसिकताले दुईले हातेमालो गरे र राजतन्त्रको अन्त्य पनि भयो । यो वास्तविकतालाई सबैले महसुस गर्नुपर्छ । किताबको पाना पल्टाएर होइन देशको परिस्थिति अनुसार अगाडि बढ्नुपर्छ ।’