ट्रेण्डिङ

होमपेज / समाज

डीन तथा निर्देशकहरुको सम्मान तथा बिदाई

नेपालगाथा २०८२ जेठ १ गते बिहीबार २१:५७:३५ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न ग्र्याजुएट स्कूलका डीनहरु तथा निर्देशनालयका कार्यकारी निर्देशकहरुको सम्मान तथा बिदाई कार्यक्रम बिहीबार सम्पन्न भएकाे छ । 

विश्वविद्यालयले गरेकाे एक कार्यक्रममा आफ्नो चार वर्षे कार्यकाल सम्पन्न भएसंगै ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टका डीन प्रा. डा. दीपबहादुर रावल, ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डीन प्रा. डा. बिमललाल कर्ण, ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसका डीन सह–प्रा. डा. लीलाधर तिवारी र ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सह-प्रा. डा. सुदीप ठकुरीको सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको हो ।

यसै गरी योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्रप्रसाद रिजाल र पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक सह-प्रा. बीरबहादुर पौडेलले आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरेका छन् ।

कार्यक्रमका अध्यक्ष एवं उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमले डिन र निर्देशकहरुको योगदान र अनुभवले मध्यपश्चिम विश्वविद्यालयको उन्नयन र विकासमा टेवा पुगिरहेकाे बताए।

बिदाई मन्तव्यमा बोल्दै निवर्तमान भएका डीन तथा कार्यकारी निर्देशकहरुले मध्यपश्चिम विश्वविद्यालयमा काम गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आफ्नो चार वर्षे कार्यकालको अनुभव र सम्पन्न गरेका कार्यहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक एवं कर्मचारी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन उपकुलपति सचिवालयका सदस्य एवं विभागीय प्रमुख उप-प्रा. खेमराज रावतले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top