ट्रेण्डिङ

होमपेज / समाज

व्यापारीको हितमा प्रतिबद्ध छु - अध्यक्ष थापा

नेपालगाथा २०८२ बैशाख २९ गते सोमबार २२:५४:०९ मा प्रकाशित

दैलेख । उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्रबहादुर थापाले आफू व्यापारीको हितमा काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । सोमबार पदभार कार्यक्रममा बोल्दै उनले व्यापारीले आफूप्रति देखाएको भरोसा अनुसार काम गर्ने बताउँदै जिल्लाको हितका लागि व्यवसायीसँगै कटिबद्ध भएर लाग्ने बताएका हुन् । 

सबै दैलेखी व्यापारीको साथले अध्यक्ष पदमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष थापाले सङ्घका निवर्तमानसँगैे पूर्व अध्यक्षहरूको सुझाव सल्लाह अनुसार संस्थालाई अघि बढाउने प्रतिबद्धता जनाए । उनले निर्वाचन ताका रामको पंतिमा उभिने सबैलाई आभार व्यक्त गरे । निर्वाचन प्रक्रिया लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसलाई सहज रूपमा लिनुपर्ने उनले बिचार व्यक्त गरे । 

उद्योग वाणिज्य सङ्घलाई अघि बढाउन सबैको सहकार्य अनिवार्य हुने भएकाले विगतमा भएका सहमतिको पूर्ण कार्यान्वयन गर्दै अघि बढ्ने अध्यक्ष थापाले जनाए । उनले संस्थाको हितका लागि सम्पूर्ण कार्यसमिति एक भएर अघि बढ्नुपर्ने बताए । आफ्नो कार्यकालमा भवनको अर्को तला थप्प सबैको सहकार्यमा अघि बढ्ने उनको भनाई छ । 

विगतका वर्षहरूमा जिल्लाका व्यापारीका हितका लागि धेरै राम्रा काम भएकाले आफ्नो कार्यकालमा बाँकी रहेका समस्यालाई समाधान गर्न लाग्ने नवनिर्वाचित अध्यक्ष थापाले बताए । सङ्घले व्यापारीको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने बताउँदै आस्था र बिचार भन्दा साझा संस्था बनाउन सबै लाग्ने अपेक्षा व्यक्त गरे । 

कार्यक्रम उद्योग वाणिज्य सङ्घ दैलेखका निवर्तमान अध्यक्ष कुलबहादुर विकले आफू इमानदार भएका कारण अहिलेको टिम उद्योग वाणिज्य सङ्घमा निर्वाचित भएको बताए । उनले नयाँ नृतत्वले सङ्घलाई नयाँ उचाइ प्रदान गर्ने अपेक्षा राखेको बताए । विगतका अधुरा कामलाई अघि बढाउन नयाँ नेतृत्व अग्रसर भएर लाग्नेमा आफू विश्वस्त रहेको निवर्तमान अध्यक्ष विकको भनाई थियो । उनले आफ्नो कार्यकालमा राम्रा काम भएका बताउँदै दैलेखका व्यापारीका हितका लागि सबै एक भएर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top