ट्रेण्डिङ

होमपेज / समाज

भूकम्पबाट क्षतिग्रस्त आवासहरुको विस्तृत क्षति आकलनका लागि इन्जिनियरहरूको तालिम शुरु

नेपालगाथा २०८२ बैशाख २८ गते आइतबार २२:३६:१८ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले जाजरकोट भूकम्पबाट क्षति ग्रस्त निजी आवासहरुको विस्तृत क्षति आकलन गर्नका लागि इन्जिनियरहरूको तालिमको उद्घाटन गर्नुभएको छ । 

तालिममा ४ जना सिनियर इन्जिनियर र ८१ जना सिभिल इन्जिनियरहरुका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा दुई दिने तालिम शुरु भएको हो । 

उद्घाटन समारोहका प्रमुख अतिथि एवम् उपकुलपति प्रा.डा.गौतमले सहभागी इन्जिनियरहरुलाई जाजरकोटमा भूकम्पबाट भएको क्षति आकलन गर्ने कार्य कुशलतापुर्वक सम्पन्न गर्न प्रेरित गर्नुभयो । ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङका डीन सह–प्रा.डा. राजन सुवालले जाजरकोटमा आफ्नो विगतको कार्य अनुभव स्मरण गर्दै इन्जिनियरहरुलाई प्रभावकारी रुपमा आफ्नो कार्य गर्न सुझाव दिनुभएको थियो ।

ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङका डीन सह–प्रा.डा. सुवाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुदिप भट्ट, ई.रविन चौलागाई, ई. रामबहादुर केसी, ई. युवराज भण्डारीलगायतले विज्ञ प्रशिक्षकको रुपमा तालिमको सहजीकरण भइरहेको छ ।

तालिमको उद्घाटन समारोहमा विश्वविद्यालय अन्तर्गत विभिन्न ग्य्राजुएट स्कुलका डीनहरु, कार्यकारी निर्देशक, परिक्षा व्यवस्थापन कार्यालयका प्रमुख, विज्ञहरु, प्राध्यापक, स्ववियु सभापतिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य ग्य्राजुएट स्कुल अफ इन्जिनियरिंगका विभागीय प्रमुख ई. गोविन्द खत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन उप–प्राध्यापक कमला तिवारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top