ट्रेण्डिङ

होमपेज / समाज

ह्युमानिटिज एण्ड सोसल साइन्सेसको अनुसन्धानमूलक जर्नल विमोचन

नेपालगाथा २०८२ बैशाख २८ गते आइतबार २१:२१:५९ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेस डीन कार्यालयले प्रकाशन गरेको अनुसन्धानमूलक जर्नल अनुसन्धानमूलक जर्नल स्पर्क्टम अफ ह्युमानिटिज एण्ड साेसल साइन्सेसकाे विमोचनको आइतबार डिनको कार्यालय सुर्खेतमा विमोचन गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले एक कार्यक्रमका बीच जर्नलकाे विमोचन गर्नुभएकाे हाे । अनुसन्धानमूलक जर्नलको विमोचन गर्दै उपकुलपति प्रा.डा. गौतमले विश्वविद्यालय सेवामा जर्नल प्रकाशनकाे महत्वपूर्ण भूमिका हुने बताउँदै जर्नल प्रकाशन गर्ने डीन कार्यालय र यस कार्यमा संलग्न सम्पूर्ण टिमप्रति आभार ब्यक्त गर्नुभयो । 

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कंडेलले जर्नल प्रकाशन प्राज्ञिक कार्य भएकाले यस कार्यको निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । अनुसन्धानमूलक जर्नलका प्रमुख सम्पादक सहप्रा.डा. आनन्दप्रसाद सुवेदीले जर्नलका बारेमा प्रकाश पार्नुभएको थियो ।

अनुसन्धानमूलक जर्नल विमाेचन कार्यक्रमका अध्यक्ष एवम् ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसका डीन सह–प्रा.डा.लीलाधर तिवारीले अनुसन्धानात्मक तथा प्राज्ञिक कार्यमा लाग्न सबै प्राध्यापक तथा कर्मचारीहरुलाई आग्रह गर्दै यस कार्यमा संलग्न हुनुभएका सम्पूर्ण लेखकहरु, समीक्षक र सम्पादक मण्डललाई धन्यवाद दिनुभयो । 

जर्नल विमोचन कार्यक्रको सञ्चालन जर्नलका सम्पादक मण्डलका सदस्य एवम् विभागीय प्रमुख रेशमबहादुर विष्टले गर्नुभएको थियो ।

जर्नल विमाेचन कार्यक्रममा विभिन्न संकायका डिन, विभिन्न कार्यक्रमका निर्देशक, विभागीय प्रमुखहरु, प्राध्यापकहरुलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top