ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालयमा विद्यावारिधिको प्रवेश परीक्षा सम्पन्न

MPhil Leading to PhD 

नेपालगाथा २०८२ बैशाख २६ गते शुक्रबार २०:२०:१७ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेस सुर्खेतमा पहिलो पटक ११ वटा विषयहरुमा MPhil Leading to PhD कार्यक्रमको भर्नाका लागि आज वीरेन्द्रनगरमा प्रवेश परीक्षा सम्पन्न भएकाे छ। 

उक्त कार्यक्रममा प्रवेश परीक्षाका लागि २०८१ चैत्र २७ गते आवेदन फाराम खुला गरिएको थियो । जसमा ४० विद्यार्थीले प्रवेश परीक्षाका लागि आवेदन दर्ता गरेका थिए ।

ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसका डिन सहप्रा.डा. लिलाधर तिवारीले प्रवेश परीक्षामा ३६ जना परीक्षार्थी सहभागी भएको जानकारी दिनुभयो । साथै उहाँले मध्यपश्चिम विश्वविद्यालयले ह्युमानिटिज एण्ड सोसल साइन्सेसमा विद्यावारिधी शुरु गरेर कर्णाली प्रदेशका विभिन्न सम्भावना बोकेका विषयमा अध्ययन तथा अनुसन्धानमा थप मद्दत पुग्ने बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस्ता खालका अनुसन्धानमुलक शैक्षिक कार्यक्रम सञ्चालन हुन लाग्दा यस क्षेत्रका जनताहरु, नागरिक समाज र शिक्षाप्रेमीहरु हर्षित भएका छन् । शैक्षिक एवम् अनुसन्धानमूलक कार्यहरु प्रारम्भ हुँदा विश्वविद्यालयको उचाईमा समेत वृद्धि भएको छ ।

मप विश्वविद्यालयमा विद्यावारिधीसम्मको शिक्षामा सहभागी हुनपाउँदा परिक्षार्थीहरुले खुसी व्यक्त गरेका छन् । परीक्षा सौहार्दपूर्वक तरिकाले सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top