ट्रेण्डिङ

होमपेज / समाज

असिनापानीले स्याउका बिरुवामा क्षति

नेपालगाथा २०८२ बैशाख २३ गते मंगलबार ११:००:४३ मा प्रकाशित

जुम्ला । असिनापानीले जुम्लाका स्याउखेतीमा क्षति पुर्‍याएको छ । गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा वैशाख १७ गते राति परेको असिनाले सबैभन्दा बढी स्याउका बिरुवामा क्षति गरेको हो । स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति गरेको गुठीचौर –३ का किसान दीपक बुढाले बताए ।

जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको छ । सोह्र हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् । गत वर्ष ६१ करोड ४१ लाख रुपैयाँ स्याउ बिक्रीबाट भित्रिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्याङ्क सङ्कलन भइरहेको कार्यालयले जनाएको छ ।

असिनाले करिब १० लाख जतिको स्याउमा क्षति भएको अनुमान गरिएको छ । किसान नुर्बु लामाले लामाले भने, ‘गत वर्ष स्याउबाट रु आठ लाख कमाएको र यस वर्ष स्याउ राम्रो फल्ने बेला असिनापानी क्षति गरेको छ । सो वडाका आफूसहितका नौ घर परिवारका स्याउमा असिनापानीले क्षति गरेको छ ।’ प्रमुख आम्दानीका रूपमा रहेको स्याउको चिचिला लाग्ने बेला पातसमेत झार्ने गरी परेको असिनाले स्याउका रूख टाकुला देखिने थालेको स्याउ किसान लामाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top