ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेशको बजेट अधिवेशन वैशाख २८ गते

नेपालगाथा २०८२ बैशाख २१ गते आइतबार १९:५३:४१ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन वैशाख २८ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको बैठक वैशाख २८ गतेदेखि शुरु गर्नका लागि प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारद्वारा आह्वान भएको अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ । जसका लागि प्रदेश सरकारले बजेटको दायरा बढाउने गरी नीति तथा कार्यक्रमलाई तीव्रता दिइएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन २०८१ चैत्र  १८ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top