ट्रेण्डिङ

होमपेज / समाज

संविधान संशोधन प्रक्रिया सहमतिका आधारमा अगाडि बढाइने

नेपालगाथा २०८२ बैशाख १९ गते शुक्रबार १८:४३:४१ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति पौडेलले सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम बाचन गर्दै सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन् । रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम पेश गरेका हुन् । आइतबार बसेको संसदको संयुक्त बैठकमा पेश नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

उनले भने,‘संविधानको समीक्षा गर्ने यसका सवल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनमा देखिएको कमीकमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने छ ।’

त्यस्तै उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने र यसकाविरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्नेपनि जानकारी गराए ।

उनले भने,‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने र यसकाविरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने ।’

आर्थिक वर्ष २०८२÷०८३ का लागि सरकारका नीति तथा कार्यक्रम शुक्रबारको संघीय संसद बैठकमा राष्ट्रपतिले प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top