ट्रेण्डिङ

होमपेज / समाज

असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गरिने

शिक्षक हड्तालसम्बन्धी सबै कार्यक्रम स्थगित

नेपालगाथा २०८२ बैशाख १७ गते बुधबार २२:००:२२ मा प्रकाशित

काठमाडाैं | शिक्षालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गरिने भएको छ । सरकार र शिक्षकबिच भएको ९ बुँदे सहमतिअनुसार असार १५ भित्र शिक्षकको मुख्य मागको रूपमा रहेको विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने सहमति भएको हो । 

बुधबार शिक्षामन्त्री रघुजी पन्तले बुधबार पत्रकार सम्मेलन गरेर सहमति सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । 

शिक्षक हड्तालसम्बन्धी सबै कार्यक्रम स्थगित

नेपाल शिक्षक महासङ्घले जारी राजधानी केन्द्रित आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ। महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि हड्ताल स्थगित गरिएको जनाएको हो।

महासङ्घका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०८१ माघ २० गतेदेखि सुरु भएको आन्दोलन र पछिल्लो चरणमा २०८१ चैत २० देखि काठमाडौं केन्द्रित सडक प्रदर्शन भइरहेको जनाइएको छ।सरकारसँग भएका सहमति र मन्त्रिपरिषदबाट निर्णय भइसकेका केही मागहरु कार्यान्वयन हुने प्रतिबद्धता अनुसार आजको मितिबाट लागू हुने गरी सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको महासङ्घले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top